eSewa Business QR मा अब भर्चुअल फोनपे क्रेडिट कार्डबाट भुक्तानी

तपाईको व्यवसाय जस्तोसुकै किसिम, वर्ग, क्षेत्र वा आकारको होस्, के तपाई अझै पनि नगद, डेबिट कार्ड र क्रेडिट कार्ड जस्ता परम्परागत भुक्तानी प्रणालीमा निर्भर हुनुहुन्छ? यदि हुनुहुन्छ भने, कतै यी प्रणालीहरूले तपाईको व्यवसायलाई सुस्त त बनाइरहेको छैन? यही आवश्यकतालाई सम्बोधन गर्न र तपाईको व्यवसायका लागि सहज, सुरक्षित, पहुँचयोग्य तथा तीव्र वित्तीय समाधानहरू उपलब्ध गराउन इसेवा लि. प्रतिबद्ध रहेको छ। यस प्रतिबद्धता अन्तर्गत, फोनपे र यसका साझेदार बैंकहरूले आर्थिक वर्ष २०८१/८२ को शुरुवाती क्रममा ल्याएको भर्चुअल फोनपे क्रेडिट कार्ड जस्ता नवीनतम डिजिटल भुक्तानीका माध्यमहरूबाट व्यापारीहरूलाई सहयोग गर्ने कार्य पनि समावेश छ।

इसेवामा, हामी सबै किसिमका व्यवसायहरूका लागि नवीन र पहुँचयोग्य वित्तीय समाधानहरू उपलब्ध गराउन प्रतिबद्ध छौं। यसमा व्यवसायीहरूलाई नयाँ किसिमका डिजिटल भुक्तानीहरू स्वीकार गर्न सहयोग गर्ने कार्य पनि समावेश छ । जस्तै भर्चुअल फोनपे क्रेडिट कार्ड, जुन यस आर्थिक वर्षको सुरुमा फोनपे र यसका साझेदार बैंकहरूद्वारा समावेश गरिएको हो । साथै साना पसल तथा उद्योगहरूले पनि आफ्नो इसेवा बिजनेस क्यूआर प्रयोग गरी भर्चुअल क्रेडिट कार्ड भुक्तानीहरू स्वीकार गर्न सक्छन्, जसले गर्दा महँगो POS Terminals हरू प्रयोग गर्नुपर्ने बाध्यता हटाउँछ। यो देशभर वित्तीय समावेशीकरण र पहुँचका लागि एक महत्वपूर्ण कदम हो।

Contents

भर्चुअल फोनपे क्रेडिट कार्ड के हो?

भर्चुअल फोनपे क्रेडिट कार्ड भनेको फोनपे र साझेदार बैंकहरूको संयुक्त पहलमा जारी गरिएको क्रेडिट कार्डको एक डिजिटल संस्करण हो। यो कार्ड विशेषगरी सुरक्षित अनलाइन, क्यूआर र कन्ट्याक्टलेस कारोबारहरूका लागि डिजाइन गरिएको छ। ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाटै यसको सहज प्रयोग गर्न सक्छन्, जसका लागि कुनै भौतिक कार्डको आवश्यकता पर्दैन भने व्यवसायीहरूले पनि क्यूआर कोडमार्फत नै क्रेडिट कार्डबाट गरिने भुक्तानीहरू स्वीकार गर्न सक्छन्। यसका लागि महँगो POS Machine को कुनै आवश्यकता नपर्ने हुँदा, यो हरेक व्यवसायका लागि अत्यन्तै किफायती र समावेशी विकल्प समेत बनेको छ।

फोनपे क्रेडिट कार्डको प्रारम्भिक अफरअन्तर्गत, मर्चेन्टहरूले अहिलेसम्म निःशुल्क रूपमा क्रेडिट कार्ड भुक्तानीहरू स्वीकार गर्दै आएका छन्। यसको बढ्दो प्रयोग र योजनामा थप बैंकहरूको आवद्धतासँगै, विद्युतीय भुक्तानी सेवा अब एक दिगो र सुदृढ मोडेलतर्फ अघि बढिरहेका छ ।

यही २०८२ साउन १ (जुलाई १७, २०२५) देखि लागू हुने गरी, फोनपे क्रेडिट कार्ड योजनामा न्यूनतम शुल्कको व्यवस्था गरिएको छ।

मुख्य विशेषता तथा शुल्क विवरणः

  • न्यूनतम शुल्क व्यवस्थाः यो व्यवस्था अन्तर्गत रु. २,००० भन्दा माथिका कारोबारहरूमा ०.६% शुल्क (अधिकतम रु. ३०० प्रति कारोबार) व्यवसायीलाई लाग्नेछ।
  • अन्तर्राष्ट्रिय शुल्कसँग तुलनाः यो अन्तर्राष्ट्रिय क्रेडिट कार्डहरूमा सामान्यतया लाग्ने २% देखि ४% सम्मको शुल्कको तुलनामा निकै कम रहेको छ भने यसले फोनपेलाई बजारमा उपलब्ध सबैभन्दा किफायती भुक्तानी सेवा बनाउनेछ।
  • विशेष सेवाहरूको लागि शुल्क व्यवस्थाः पेट्रोल पम्प, चार्गिंग स्टेशन, सरकारी सेवा, गैर–सरकारी संस्था (NGOs) र परोपकारी संस्थाहरूका हकमा, ग्राहकहरूलाई अधिकतम रु. १० को थप शल्क लाग्नेछ, तर सम्बन्धित व्यापारीहरूलाई कुनै शुल्क लाग्ने छैन।
  • समग्रमा यो शुल्क व्यवस्था डिजिटल भुक्तानी प्रणालीको निरन्तर विकास, सुरक्षा र तपाईहरूका लागि भविष्यमा थप उत्कृष्ट सेवाहरूको सुनिश्चितताका लागि गरिएको आवश्यक लगानी हो।

शुल्क विवरणहरूः

क्रम संख्या

रकम 

शुल्क (%)

१.

रु. २,०००/- सम्म

०%

२.

रु. २,०००/- भन्दा माथि

०.६% * (अधिकतम रु. ३००)

 

प्रायः सोधिने प्रश्नहरू

१. के हालको eSewa Business QR प्रयोग गरिरहेका मर्चेन्टहरूलाई अतिरिक्त पूर्वाधार चाहिन्छ ?
eSewa Business QR स्वीकार गरिरहेका मर्चेन्टहरूका लागि कुनै पनि अतिरिक्त पूर्वाधार परिवर्तन आवश्यक पर्नेछैन ।

२. मर्चेन्टहरूले कसरी eSewa Business QR मार्फत गरिने भुक्तानी स्वीकार गर्न सक्छन् ?
eSewa Business QR मा आबद्ध भएका सम्पूर्ण मर्चेन्टहरू फोनपे क्रेडिट कार्डमार्फत गरिने भुक्तानी स्वीकार गर्न स्वतः सक्षम हुनेछन्, जबसम्म इसेवाले उक्त सुविधा निष्क्रिय गर्दैन।

३. यो सेवाबाट कसरी निष्कृय हुने ?
मर्चेन्टहरूले इसेवालाई जानकारी गराई फोनपे क्रेडिट कार्ड भुक्तानीहरू स्वीकार गर्ने विकल्पबाट निष्क्रिय हुन सक्नेछन्।

भर्चुअल क्रेडिट कार्ड भुक्तानी स्वीकार गर्ने सुविधा निष्क्रिय गर्नका लागि, इसेवा मर्चेन्टहरूले [email protected] मा इमेल गर्न वा हाम्रो मर्चेन्ट सपोर्ट – १८१०५०००१३१ (टोल–फ्री) मा सम्पर्क गर्नसक्नुहुनेछ ।

तपाईको निरन्तर सहकार्य र समर्थनका लागि धन्यवाद !

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.