तपाईंको व्यस्त जीवनमा एक भन्दा बढी वित्तीय खाताहरु व्यवस्थापन गर्न असहज हुन सक्छ । चाहे तपाईं व्यवसायी हुनुहोस वा एक सामान्य व्यक्ति, यी खाताहरु को व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण हुन सक्छ । अझ तपाई एक सामान्य व्यक्ति हुनुहुन्छ जो व्यवसाय पनि गर्नुहुन्छ भने त झन् यो अझ बढी चुनौतीपूर्ण हुन सक्छ । तर अब यो कार्य निकै सहज भएको छ, eSewa App को Swift Account Switch Feature: eSewa Business Link को साथ ।
Contents
eSewa Business Link को Swift Account Switch Feature – एक परिचय
Swift Account Switch Feature को साथ अब तपाईंले सहजै आफ्नो व्यावसायिक र व्यक्तिगत खाताहरु एउटै एपबाट व्यवस्थापन गर्न सक्नुहुन्छ । अब तपाइँले आफ्नो विभिन्न आवश्यकताका लागि, आफ्नो फरक फरक खाताहरु बाट लग इन/लग आउट गरिरहनु पर्ने, वा एक भन्दा बढी एपको प्रयोग गरि रहनु पर्ने झन्झट बाट मुक्त हुन सक्नुहुन्छ । eSewa ले अब तपाईंको सम्पूर्ण वित्तीय आवश्यकताहरुलाई एकै ठाउँबाट व्यवस्थापन गर्न निकै सहज बनाएको छ ।
eSewa को नयाँ Profile Switching सुविधासंग, प्रयोगकर्ताहरुले सजिलै आफ्नो व्यवसायिक र व्यक्तिगत प्रोफाइल हरु बीच Toggle गर्न सक्दछन् । अर्थात् तपाईंले आफ्नो व्यवसायको वित्त व्यवस्थापन, खर्चहरुको जानकारी र अन्य सबै कारोबारहरुको निगरानी गर्नुका साथै विभिन्न बिल तिर्ने, पैसा पठाउने जस्ता कामहरु सजिलै गर्न सक्नुहुनेछ , एप भित्रै रहेर व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापनका लागि एक भन्दा बढी फोन बोक्न पर्ने वा एक भन्दा बढी एपको प्रयोग गर्नुपर्ने झन्झट बाट पनि अब तपाईं मुक्त हुनुहुनेछ । जब तपाईंको व्यक्तिगत वित्त व्यवस्थापन गर्ने बेला हुन्छ तब तपाइँले सहजै Profile Switch गरि तपाईंले आफ्नो व्यक्तिगत खातामा पूर्ण पहुँच पाउनु हुनेछ र सो खाताबाट सहजै कारोबारहरु गर्न सक्नुहुनेछ ।
Business Link भनेको के हो?
Business Link भनेको Swift Account Switch Feature हो जसमा eSewa प्रयोगकर्ताहरुले आफ्नो eSewa ID लाई आफ्नो eSewa Business Account सँग लिंक गरि Business Account लाई eSewa एपबाटै प्रयोग गर्न सक्नेछन् । प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न eSewa Business t Account को Settlement Account को रुपमा सोहि eSewa ID हुनुपर्दछ । सहज इन्टरफेस र वित्त व्यवस्थापनका लागि विविन्न सुविधाहरुको सहयोगमा Business Link ले व्यवसायीहरुको सशक्तिकरण होस् भन्ने उदेश्य eSewa ले लिएको छ ।
विशेषताहरु
यो फिचरको प्रयोग गरि Business Account लाई आफ्नो eSewa ID संग लिंक गर्दा, व्यवसायीहरुले आफ्नो कारोबार, भुक्तानीहरु र अन्य व्यावसायिक आवश्यकताहरु सहजै व्यवस्थापन गर्नासक्छन् । हाम्रा eSewa Merchant हरुले भविष्यमा अझ थप सुविधा र सेवाहरुको उपयोग गर्न सक्नुहुनेछ । सुरुवाती चरणमा हामीले निम्न सुविधाहरु हाम्रा Merchant हरुलाई दिंदै आएका छौँ :
- All-in-one Access: प्रयोगकर्ताहरुले बिना झन्झट आफ्नो eSewa Business Profile र व्यक्तिगत वा एजेन्ट Profile एउटै एपबाट व्यवस्थापन गर्न सक्नुहुनेछ .
- Complete Account Control with Ease: प्रयोगकर्ताहरुले सहजै भुक्तानी, निकासी तथा ब्यालेन्स सम्बन्धि जानकारीहरुको निगरानी गर्न सक्नेछन् ।
- Instant Payment Confirmation: प्रयोगकर्ताहरुले eSewa एपको FCM (Firebase Cloud Messaging) को मद्दतले तुरुन्तै आफुलाई प्राप्त भुक्तानीको जानकारी लिन सक्नेछन् ।
- Scan & Pay: प्रयोगकर्ताहरुले आफ्नो लिंक गरिएको Merchant Account मा eSewa एप मार्फत सिधै Fonepay QR Payment लिन सक्नेछन् ।
- Quick and Convenient Instant Self-Withdrawals: प्रयोगकर्ताहरुले आफ्नो लिंक गरिएको Merchant Wallet को ब्यालेन्स सजिलै आफ्नो Settlement Account मा तुरुन्तै withdraw गर्न सक्नेछन् ।
*यी सम्पूर्ण सुविधाहरु eSewa एपमा मात्र उपलब्ध छन् ।
विशेषता, महत्व र सुरक्षा
Business Link को सहजता नै यसको सबैभन्दा महत्वपुर्ण विशेषता हो । यसको User Friendly Interface ले छुट्टा छुट्टै प्रोफाइलहरु बीच स्विच गर्न र Transaction हरु व्यवस्थापन गर्न झन्झटिलो हुदैन । यसले समयको बचत संगसंगै त्रुटीहरु हुने सम्भावना पनि कम गर्छ, जसको कारण आफ्नो वित्तीय गतिविधिहरुको निगरानी गर्न पनि निकै सहज हुन्छ ।
Business Link फिचरका साथ, तपाईंले आफ्नो व्यक्तिगत र व्यावसायिक खाताहरु बीच सहजै स्विच गर्न सक्नुहुन्छ, जसले तपाईलाई अनेक किसिमका झन्झट कम गर्नुका साथै तपाइँको समयको पनि बचत गर्दछ । सहज वित्तीय व्यवस्थापनका लागि दुवै प्रोफाइलहरु एउटै एपमा समेटिने गरि यो फिचर तयार पारिएको छ, जसले तपाइलाई आफ्नो व्यावसायिक र व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न सजिलो बनाउछ ।
सुरक्षा र सहजतालाई हामीले Business Link तयार पार्दा विशेष प्राथमिकता दिएका छौ । तपाईंको व्यक्तिगत र व्यावसायिक विवरणहरुको गोपनियता कायम गर्न हामीले उच्च सुरक्षा प्रणालीहरु अपनाएका छौ । End-to-end encryption र secure authentication process को साथ तपाईंको विवरणहरु eSewa मा सुरक्षित छन भनि तपाईं निश्चिन्त रहन सक्नुहुन्छ ।
आफ्नो Business Account लाई आफ्नो व्यक्तिगत खाता संग कसरी लिंक गर्ने?
प्रयोगकर्ताहरुले आफ्नो Business Account लाई निम्न तरिकाबाट आफ्नो eSewa App मा लिंक गर्न सक्दछन् :
- eSewa एप मा लग इन गर्नुहोस
- Homepage को Bottom Right मा गई “More” मा क्लिक गर्नुहोस् ।
- Link Business Account मा क्लिक गर्नुहोस
- लिस्ट बाट Merchant छान्नुहोस्
- OTP पाउनको लागि eSewa ID संग दर्ता भएको Mobile Number बाट SMS पठाउनुहोस् ।
- OTP Process पुरा गर्नुहोस
बधाई छ ! तपाईंले Business Account सफलतापुर्वक लिंक गर्नुभएको छ !
सामान्यतया सोधिराखिने प्रश्नहरु:
१. eSewa Business Link को पहिलो प्रक्रिया के हो?
Business Link का लागि Settlement Account को रुपमा “eSewa ID” हुन आवश्यक छ । तर सो eSewa ID प्रमुख Settlement Account नभए पनि हुन्छ। Merchant ले आफ्नो बैंक खातालाई नै Auto Settlement को लागि आफ्नो मुख्य खाता बनाउन सक्छन ।
२. Settlement Account मा eSewa ID कसरी add गर्ने ?
यसका लागि Merchant ले आवश्यक विवरणहरु सहित merchant[email protected] मा इमेल गर्नुपर्नेछ ।
३. Business Link गर्दा किन एक भन्दा बढी Merchant हरु देखिन्छ?
तपाईंको फरक फरक व्यवसायका लागि छुट्टा छुट्टै Business Account भएका कारण यस्तो भएको हुन सक्छ ।
४. के मैले बैंक बाट लिएको Fonepay QR यसरी लिंक गर्न सक्छु?
यो सेवा उपयोग गर्न तपाईंको Fonepay QR eSewa बाटै जारि भएको हुनुपर्छ ।
५. के मैले Sub-Merchant QR लाई eSewa Business Link को रुपमा लिंक गर्नसक्छु?
हाललाई यो सुविधा Sub-merchant हरुमा उपलब्ध छैन ।
६. के मैले Business Link eSewa ID परिवर्तन गर्नसक्छु?
अवश्य सक्नु हुन्छ! (something better) यसको लागि तपाईंले आफ्नो वर्तमान Business Link हटाई, नयाँ eSewa ID लिंक गरिदिन भनि हामीलाई इमेल गर्नुपर्नेछ।
Business Link को अनुभवले तपाईंको दैनिकी अझ सहज हुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ । यसले तपाईंको वित्तीय व्यवस्थापनमा नयाँ आयाम थप्नेछ भन्नेमा हामी विश्वस्त छौँ । तपाईंको व्यक्तिगत र व्यावसायिक खातालाई एउटै एपमा समेटेर हामी हाम्रा प्रयोगकर्ताहरुलाई एक पृथक अनुभव र सहजता प्रदान गर्दैछौँ । आजै यस सेवाको उपभोग गरि, वित्तीय व्यवस्थापनको भविष्यलाई अन्गाल्नुहोस ।